Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

चिया निर्यात समस्या तत्काल समाधान गर्न सांसद राईको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानका उत्पादन निर्यातमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई आग्रह गरिन् ।

सांसद राईले भारततर्फ चिया निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू संकटमा परेको उल्लेख गर्दै तत्काल कूटनीतिक पहल आवश्यक रहेको बताइन् । उनका अनुसार १२ लाख किलोभन्दा बढी चिया भारतमा निर्यात हुन नसक्दा बिक्री नहुने अवस्था सिर्जना भएको छ, जसले उद्योग बन्द हुने जोखिम बढाएको छ ।

उनले भनिन्, “नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलोभन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्था छ। पटक–पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर ढिलाइ गर्ने, फेरि १५–२० दिनसम्म प्रक्रिया रोक्ने जस्ता समस्याले व्यवसाय प्रभावित भएको छ।”

सांसद राईले भारतसँग तत्काल व्यापारिक संवाद गर्नुपर्नेमा जोड दिँदै चियामात्र नभई अन्य कृषि उत्पादनका लागि पनि वैकल्पिक बजार खोज्न सरकारलाई आग्रह गरिन् । उनले किसानको उत्पादनको बजार सुनिश्चित गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताइन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्