Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
विदेश

अमेरिकी कार्यवाहक राजदूतसँग कानुनमन्त्री गौतमको भेट, पारस्परिक कानुनी सहायता र लगानी प्रवर्द्धनमा छलफल

नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत Scott Urbom ले कानून, न्याय तथा संसदीय मामिला मन्त्री Sobita Gautam सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मन्त्रालयमा भएको भेटवार्ता मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपालमा सुशासन, कानुनी सुधार र लगानीमैत्री वातावरण विस्तार गर्ने विषयमा छलफल भएको थियो । कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सकारात्मक संकेत दिएको उल्लेख गर्दै यसले अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप उत्साहित बनाएको बताएका छन् ।

त्यस अवसरमा मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायता (Mutual Legal Assistance) सम्बन्धी विषयमा मन्त्रालयस्तरमा आवश्यक पूर्वतयारी पूरा भइसकेको जानकारी दिँदै यसलाई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकाससँग सम्बन्धित कानुन निर्माणका विषयमा पनि विस्तृत छलफल भएको थियो ।

मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले देशका तीनै तहका कानुनलाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी डिजिटाइजेसनको काम अघि बढाइरहेको जानकारी दिइन् ।

साथै, एकीकृत कानुनी सहायता प्रणाली र संक्रमणकालीन न्यायका विषयमा पनि अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश उनले व्यक्त गरेकी छिन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्