Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्रालय परिसरमै ह्वीलचेयर सेवा सुरु, पहुँचयुक्त र समावेशी सेवा प्रवाहतर्फ सरकारको नयाँ पहल

नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा सेवा लिन आउने नागरिकका लागि आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयमा आउने शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालय परिसरभर ह्वीलचेयर सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने विश्वास गरिएको छ।

अब मन्त्रालय परिसरमा आउने सेवाग्राहीले आवश्यकताअनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो कामकाज सम्पन्न गर्न सक्नेछन्। यस व्यवस्थाले विशेषगरी अपाङ्गता भएका व्यक्ति र शारीरिक कठिनाइ भएका नागरिकको सरकारी सेवामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहप्रति सरकारको प्रतिबद्धताअनुरूप यो पहल अघि बढाइएको मन्त्रालयले जनाएको छ। साथै, आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यक्रम सञ्चालन गरिने मन्त्रालयको भनाइ छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्