नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली एमाले संसदीय दलको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन् ।
बैठक केहीबेरमा सुरु हुने तयारी रहेको एमाले संसदीय दल सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को कार्यसूची तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा एमालेका संघीय सांसदहरूको उपस्थिति रहेको छ। अध्यक्ष ओली बैठकस्थलमा पुगेपछि सांसदहरूसँग अनौपचारिक छलफलसमेत गरेका छन्।
बैठकका निर्णय र निष्कर्ष सार्वजनिक भएपछि थप विवरण आउने जनाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्