Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन

नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै आफ्ना समस्या सरकारसमक्ष पुर्‍याउन काठमाडौं आएर धर्ना सुरु गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र मौलिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले वर्षौंदेखि नेपाली नागरिकता र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जाबाट वञ्चित रहँदै आएको बताएका छन्।

उनीहरूको मुख्य मागमा भारतीय अतिक्रमण रोक्न सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप सुदृढ बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने रहेका छन्।

प्रदर्शनकारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्