काठमाडौं, १८ साउन —
सिन्धुलीस्थित मध्यपहाडी राजमार्गमा भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बस ले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो।
ठक्करपछि कार अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा तथा नाम नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।
कारको नम्बर भने हालसम्म खुल्न सकेको छैन। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्