Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

सिमरामा भीषण सवारी दुर्घटना, १७ वर्षीय स्कुटर चालकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–स्थित सिमरा विमानस्थल नजिक सोमबार भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सर्राफ रहेका छन्। उनी ना २८ प ५८५५ नम्बरको स्कुटर चलाइरहेका थिए।

बारा प्रहरीले दिएको जानकारीअनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको स्कुटरले सोही दिशातर्फ गइरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। ठक्करपछि अनियन्त्रित भएको स्कुटर ट्याक्टरमुनि पसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सर्राफलाई तत्काल परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन्। यस्तै, मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले ट्याक्टर चालक जीतपुरसिमरा–४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्