Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बेल घेराउ गरेपछि श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको चेतावनी

। श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गर्दै विरोध जनाएका छन्। विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उठाइएका प्रश्नहरूको पर्याप्त जवाफ नदिएको आरोप लगाउँदै उनीहरूले बैठकमा अवरोध सिर्जना गरेका हुन्।

बैठक चलिरहेकै समयमा श्रम संस्कृति पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर सभामुखको आसनअगाडिको बेल क्षेत्रमा पुगेका थिए। उनीहरूले मन्त्रीबाट सांसदहरूले उठाएका जिज्ञासाको जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

सांसदहरूको विरोधका कारण केही समय बैठकको वातावरण तनावपूर्ण बनेको थियो। त्यसक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदहरूलाई संसद्को मर्यादा र संसदीय अभ्यासको पालना गर्न आग्रह गरेका थिए।

सभामुख अर्यालले संसद् सञ्चालनका क्रममा बेल घेराउ गर्नु उचित नभएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराएका थिए। उनले असन्तुष्टि र विरोधका विषय संसदीय प्रक्रिया तथा नियमावलीअनुसार राख्न आग्रह गरेका थिए।

यसपछि सांसदहरू आफ्नो स्थानमा फर्किएका थिए भने बैठकको कार्यसूची अगाडि बढाइएको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्