Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २४८ जना बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकमको आधारमा साना बचतकर्तालाई प्राथमिकता दिँदै बचत फिर्ता गरिएको हो। यससँगै हालसम्म शिव शिखर सहकारीका कुल १ हजार १ सय १७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्।

समितिले पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई रकम वितरण गरिएको र आगामी चरणमा बचत रकमको परिमाणका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने जनाएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकम नै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था कार्यान्वयन भइरहेको स्पष्ट पारेको छ।

समितिका अनुसार प्रचलित कानुनी व्यवस्था बमोजिम समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको छ। सरकारले बाँकी बचतकर्ताको रकम पनि उपलब्ध स्रोत र असुलीको प्रगतिअनुसार चरणबद्ध रूपमा फिर्ता गरिने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्