Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

रौतहटमा बागमती नदीमा डुबेर दुई ८ वर्षीय बालकको मृत्यु

रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा आइतबार दिउँसो करिब ३ बजे दुवै बालक नुहाइरहेका बेला अचानक नदीमा डुबेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी सहायक निरीक्षक (सई) मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा अनिकेशको शव फेला परेको थियो। त्यसपछि सुरक्षाकर्मीहरूले निरन्तर खोजी जारी राखेका थिए। अपराह्न ३:५४ बजे घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्यको शव पनि फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रहरीका अनुसार दुवै बालकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्