Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रतिनिधि टुंगो नलाग्दा रास्वपाको बन्द सत्र अझै सुरु भएन, ८ घण्टादेखि प्रतिनिधि चौरमै

प्रतिनिधि टुंगो लगाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी को महाधिवेशनको बन्द सत्र तोकिएको समयमै सुरु हुन सकेको छैन। सोमबार बिहान ८:३० बजे सुरु हुने कार्यतालिका भए पनि ८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि सत्र अघि बढ्न सकेको छैन।

निर्धारित तालिकाअनुसार बन्द सत्रको सुरुवात सभापतिको उद्घाटन, त्यसपछि अनुशासन समितिको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ–राजनीतिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र अन्तरिम व्यवस्थापन समिति गठनलगायत प्रक्रिया समेटिएको थियो। दिउँसो १:२५ बजेभित्र सत्र सम्पन्न गर्ने योजना थियो।

तर प्रतिनिधि संख्या यकिन नहुँदा कार्यक्रम प्रभावित भएको हो। निर्वाचन आयोगका अनुसार अघिल्लो साता करिब ३ हजार प्रतिनिधि हुने अनुमान गरिएको थियो भने कोषाध्यक्ष लिमा अधिकारीले ३,९९० प्रतिनिधिले शुल्क बुझाएको जानकारी दिएकी थिइन्।

पार्टीभित्रको आन्तरिक छलफलपछि भने प्रतिनिधि संख्या ४ हजारदेखि ४,५०० सम्म पुग्न सक्ने भनाइ सार्वजनिक गरिएको छ। यसबीच मधेश प्रदेशका प्रतिनिधिको सूची पनि विवादपछि मात्र सार्वजनिक गरिएको छ, जसमा ९६ जना प्रतिनिधि छुटाइएको भन्दै असन्तुष्टि देखिएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम, थर र ठेगानामा भएका त्रुटिले पनि प्रक्रिया रोकिएको छ। त्रुटि सच्याउन दिइएको समयसीमाभित्र पनि निवेदन आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसी ले प्रतिनिधि संख्या अझै यकिन हुन नसकेको बताएका छन्।

पार्टीका नेताहरूले भने ढिलाइको कारणमा व्यवस्थापकीय कमजोरी र प्रतिनिधि सूची मिलाउने प्रयास रहेको बताएका छन्। प्रवक्ता मनिष झा का अनुसार प्रतिनिधि संख्या विवाद टुंग्याउने प्रयासकै कारण प्रक्रिया ढिलो भएको हो।

त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटी ले ब्रेकफास्ट र तयारी ढिलाइका कारण सत्र सुरु हुन नसकेको बताएका छन्।

बन्द सत्र सुरु नहुँदा प्रतिनिधिहरू चौरमै लामो समयदेखि पर्खाइमा बसेका छन्। केही प्रतिनिधि छायाँ र चिसो खोज्दै यताउता गरिरहेका छन् भने केहीले छिटो प्रक्रिया अघि बढाउन नेतृत्वसँग माग गरेका छन्।

निर्धारित समयमा बन्द सत्र सुरु हुन नसक्दा आजका लागि तय गरिएको उम्मेदवार मनोनयन प्रक्रिया समेत प्रभावित भएको छ। सोमबार दिउँसो २ देखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका भए पनि त्यो सुरु हुन सकेको छैन।

महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि अब कार्यक्रम एक दिन लम्बिने सम्भावना उच्च देखिएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्