Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा सदस्यता ५ लाख नाघ्यो, महिलाको सहभागिता १७.२ प्रतिशत मात्रै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा यो तथ्य सार्वजनिक गरिएको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको प्रतिवेदन अनुसार कुल सदस्यमध्ये पुरुष ३ लाख ९६ हजार ७८९ (७५.८ प्रतिशत), महिला ८९ हजार ८९६ (१७.२ प्रतिशत) र अन्य ५८८ जना रहेका छन्। लैंगिक पहिचान नखुलाउने वा उल्लेख नभएका सदस्य ३६ हजार १९२ (६.९ प्रतिशत) रहेका छन्।

प्रतिवेदनअनुसार पार्टीको सदस्यता संरचनामा पुरुषको वर्चस्व देखिए पनि महिला सहभागिता तुलनात्मक रूपमा न्यून रहेको छ।

महाधिवेशनअन्तर्गत प्रतिवेदनहरू पेस भइसकेपछि अब सभापति र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने तयारी छ। पार्टीले ९९ केन्द्रीय सदस्य चयन गर्नेछ, जसमा सातै प्रदेशबाट ५/५ जना अनिवार्य रहने व्यवस्था छ। प्रदेशबाट चयन हुनेमध्ये कम्तीमा २ जना महिला अनिवार्य हुनेछन्।

बाँकी ६४ पद खुला प्रतिस्पर्धाबाट चयन गरिनेछ। केन्द्रीय सभापति र ९९ सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्