Sunday, June 21, 2026
आइतबार, असार ७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.52 SELL AUD/NPR 107.35 SELL BHD/NPR 404.38 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशनस्थलमा रवि लामिछाने र बालेन शाहको उपस्थिति

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनस्थलमा पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पुगेका छन् ।

उनीहरू केहीबेरअघि चितवनको उद्योग संघ परिसरमा रहेको महाधिवेशन मञ्चमा पुगेका हुन् । महाधिवेशन स्थलमा प्रवेश गरेलगत्तै सहभागीहरूले उनीहरूलाई स्वागत गरेका थिए ।

रास्वपाको पहिलो महाधिवेशन आजदेखि सुरु भएको हो । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । साथै, आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे पनि महाधिवेशनले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्