Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

साँझ साढे ७ बजेदेखि रास्वपा निर्वाचन, दोस्रो चरणको मतदान भोलि हुन सक्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचनका लागि मतदान आज साँझ साढे ७ बजेदेखि सुरु हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले मतदानको समय निर्धारण गरिएको जानकारी दिँदै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको बताए। उनका अनुसार साँझ ५ बजेसम्म दाबी–विरोधको समय राखिएको छ भने साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

रास्वपाको महाधिवेशन गत आइतबार (असार ७ गते) चितवनमा सुरु भएको थियो। महाधिवेशन असार ९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका भए पनि विभिन्न प्रक्रियागत कामका कारण समय लम्बिएको छ।

निर्वाचन कार्यक्रमअनुसार आज बिहान ९ बजेदेखि नै मतदान सुरु गर्ने तयारी गरिएको थियो। तर उम्मेदवारी दर्ता, नामावली प्रकाशन तथा दाबी–विरोध प्रक्रियाका कारण मतदान निर्धारित समयमा सुरु हुन सकेन।

प्रवक्ता झाले निर्वाचन प्रक्रिया आज रातिसम्म जारी रहने र आवश्यक परे दोस्रो चरणको मतदान भोलि बिहान ९ बजेदेखि सञ्चालन गर्न सकिने आकलन पार्टीले गरेको बताए।

महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गर्ने तयारी गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्