Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपाको पहिलो महाधिवेशन स्थलको निरीक्षण गर्दै गृहमन्त्री गुरुङ, डुबान हटाउन तत्काल निर्देशन

गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गर्नुभएको छ।

गए राति परेको भारी वर्षाका कारण महाधिवेशन स्थल डुबानमा परेपछि गृहमन्त्री गुरुङ बिहानै स्थलमा पुगेर अवस्थाबारे जानकारी लिनुभएको हो। निरीक्षणका क्रममा उहाँले चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी तथा विभिन्न आयोजक टोलीका प्रतिनिधिसँग भेटघाट गर्नुभएको थियो।

स्थलको अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले कार्यक्रम क्षेत्रमा जमेको पानी तत्काल हटाउन आवश्यक सबै संयन्त्र परिचालन गर्न निर्देशन दिनुभएको छ। उहाँले महाधिवेशन प्रभावित नहुने गरी उद्धार तथा व्यवस्थापनका कामलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको बताइएको छ।

भारी वर्षाका कारण कार्यक्रम स्थलको केही भाग जलमग्न बनेपछि आयोजक टोलीले पानी निकास तथा सरसफाइको कामलाई तीव्र बनाएको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन र स्वयंसेवकहरू पनि स्थल व्यवस्थापनमा खटिएका छन्।

रास्वपाको पहिलो महाधिवेशन आज चितवनमा हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहने कार्यक्रम छ। आयोजकले मौसम प्रतिकूल भए पनि कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्