Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रिया आजै सुरु हुने

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।

हिजोबाट सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको हो । बन्द सत्र सुरु भएलगत्तै निर्वाचन प्रक्रिया पनि आजैदेखि अघि बढाउने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ ।

‘केही ढिलो होला । तर, आजबाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ स्रोतले भन्यो ।

रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ । तर ९९ जना केन्द्रीय सदस्यका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने भएको छ ।

निर्वाचित हुने ९९ सदस्यमध्ये ७ वटै प्रदेशबाट ५/५ जना अनिवार्य रहने व्यवस्था गरिएको छ । प्रदेशबाट चयन हुने ५ जनामध्ये २ जना महिला हुनुपर्ने प्रावधान पार्टीको संशोधित विधानमा उल्लेख छ ।

त्यस्तै बाँकी ६४ पदमा खुला प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि उम्मेदवारी दर्ता र मतदानको समय भने हालसम्म सार्वजनिक गरिएको छैन ।

सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाले भोलि (बुधबार) सम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्