Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका ३८४ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ३८४ जनाको नाम समावेश गरिएको छ।

चितवनमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको नामावली सार्वजनिक भएसँगै दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया अगाडि बढ्ने निर्वाचन आयोगले जनाएको छ।

यद्यपि, आज बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि निर्वाचन प्रक्रिया अझै मतदान चरणमा प्रवेश गर्न सकेको छैन। उम्मेदवारी व्यवस्थापन तथा प्राविधिक तयारीका कारण मतदानमा ढिलाइ भएको जनाइएको छ।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य पद तथा केन्द्रीय सदस्यहरूको चयनका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ।

रास्वपाले पहिलो पटक महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन् भने नेतृत्व चयनलाई लिएर विभिन्न पदमा प्रतिस्पर्धा तीव्र बनेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्