चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरु भएकै बेला पानी पर्न थालेपछि आयोजकले यसलाई शुभ संकेतका रूपमा व्याख्या गरेका छन्।
महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। केहीबेरअघि सुरु भएको कार्यक्रमस्थलमा अचानक पानी पर्न थालेपछि सहभागीहरूबीच मौसमलाई लिएर चर्चा चुलिएको थियो।
पानी पर्न थालेपछि रास्वपाले यसलाई सकारात्मक संकेतका रूपमा लिएको छ। महामन्त्री बुर्लाकोटीले भने, “यो महाधिवेशन सफल पार्नका लागि पानी पर्नु शुभसाइत हो। यसलाई हामीले शुभसाइतको रूपमा लिएका छौं।”
महाधिवेशनका सहभागीहरूले पनि वर्षालाई सकारात्मक ऊर्जा र सुरुवातको राम्रो संकेतका रूपमा लिएका छन्। भरतपुरमा सुरु भएको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्