Thursday, September 03, 2026
बिहीबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा महाधिवेशनमा डा. अमरेशकुमार सिंह अनुपस्थित, उद्घाटन सत्रमा देखिएनन्

चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (Rastriya Swatantra Party) को पहिलो महाधिवेशन आजबाट सुरु भएको छ। अहिले महाधिवेशनको उद्घाटन सत्र जारी रहेको छ।

उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत शीर्ष नेताहरू, प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ। पार्टीको निमन्त्रणालाई स्वीकार गर्दै अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका छन्।

तर, रास्वपाकै नेता तथा सांसद डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा सहभागी भएका छैनन्। उनी उद्घाटन सत्रमा देखिएका छैनन्।

पछिल्लो समय पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका सिंहले विभिन्न सार्वजनिक अभिव्यक्तिमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन्। उनले हालै हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पनि सरकारको खुलेर आलोचना गरेका थिए।

उनको अनुपस्थितिलाई लिएर महाधिवेशन हलभित्र र राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्