Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

चितवनमा रास्वपाको तीनदिने महाधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरु भएको छ। पार्टीको नीति, नेतृत्व र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित आयोजित महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ।

महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा पार्टी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ। देशभरबाट आएका प्रतिनिधिहरूले पार्टीको भावी रणनीति, संगठन विस्तार र नेतृत्व चयनबारे छलफल गर्नेछन्।

रास्वपाले महाधिवेशनअघि नै पार्टीको विधान संशोधन गरिसकेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिने व्यवस्था गरिएको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई पार्टीको संस्थागत विकास र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्