Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

रास्वपाले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, मधेस प्रदेशसहित १३ जिल्लामा बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि देशभरका अधिकांश प्रदेश र जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। आइतबार चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले हालसम्म ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए।

उनका अनुसार मधेस प्रदेश तथा १३ जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको छ। अधिवेशन हुन नसकेका जिल्ला र मधेस प्रदेशबाट पनि महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।

महामन्त्री बुर्लाकोटीले देशभरका ६०९ पालिकामा पार्टीका तदर्थ समिति गठन भई अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी प्रदेश, जिल्ला र स्थानीय तहमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको बताए।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको हो। तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्