महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको पार्टी स्रोतले जनाएको छ । विवाद समाधान नगरी प्रक्रिया अघि बढाउन नसकिने निष्कर्षसहित आजको कार्यक्रम स्थगित गरिएको हो ।
पार्टी स्रोतका अनुसार, बन्द सत्रका कार्यक्रमलाई आजका लागि रोकेर आन्तरिक विवाद टुंग्याउने तयारी भइरहेको छ । प्रतिनिधि चयन र प्रदेशगत सन्तुलनलाई लिएर देखिएको असहमति समाधानपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने बताइएको छ ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू स्थलमा पुगेका थिए । दिनभर प्रतीक्षा गरे पनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएपछि प्रतिनिधिहरू फर्किएका छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्