Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो

सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यले नयाँ गति लिने भएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन गर्दै टेन्डर प्रक्रिया अघि बढाएको हो।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलपछि प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको जनाइएको छ।

प्रतिष्ठानको पूर्वाधार निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते भर्चुअल माध्यमबाट गरेका थिए। तर, पर्यावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत नहुँदा निर्माण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

हाल इआइए प्रतिवेदन स्वीकृत भएसँगै सरकारले बजेट उपलब्ध गराएर टेन्डर प्रक्रिया अघि बढाएको हो। यससँगै निर्माण कार्य चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिष्ठान निर्माण सम्पन्न भएपछि राजविराजलाई स्वास्थ्य शिक्षा तथा विशिष्टीकृत उपचार सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट सप्तरीसहित मधेश प्रदेशका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँच पाउने विश्वास गरिएको छ।

मन्त्रिपरिषद्ले २०७५ पुस १६ गते प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। त्यसअनुसार राजविराज नगरपालिकाले प्रतिष्ठानका लागि ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो। अहिले बजेट विनियोजन र टेन्डर प्रक्रिया अघि बढेसँगै लामो समयदेखि रोकिएको परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्