Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पोशाक खरिदमा नयाँ मोडेल ल्याइँदै, प्रहरीलाई नै रकम दिएर आफैं खरिद गर्ने तयारी

गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीको पोशाक खरिद प्रक्रिया परिवर्तन गर्ने तयारी भइरहेको बताएका छन् । उनले पोशाक खरिदका लागि छुट्याइने रकम प्रहरीलाई नै उपलब्ध गराएर उनीहरूले आफैं आवश्यक पोशाक खरिद गर्ने व्यवस्था लागू गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

गृह मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा बोल्दै गृहमन्त्री गुरुङले पोशाक खरिद तथा टेन्डर प्रक्रियामा बारम्बार विवाद उत्पन्न हुने गरेको उल्लेख गरे । उनले यस्तो विवाद अन्त्य गर्न नयाँ प्रणाली आवश्यक भएको बताए ।

“प्रहरीको पोशाकको टेन्डर प्रक्रियामा इस्यू हुने गरेको सुनिएको छ । जति रकम पोशाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,” उनले भने ।

सरकारले पोशाक खरिद प्रणालीलाई पारदर्शी र झन्झटरहित बनाउने उद्देश्यसहित उक्त विकल्पमाथि अध्ययन तथा प्रक्रिया अघि बढाउने जनाएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्