Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पासपोर्ट खरिद प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी

पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले १६ जना व्यक्ति र २ वटा कम्पनीलाई प्रतिवादी बनाउँदै ठूलो रकमको बिगो दाबी गरेको हो ।

अख्तियारका अनुसार कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सोमबार अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ । अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिवादी बनाइएकामध्ये राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल Tirtharaj Aryal सहित उच्च पदस्थ कर्मचारीहरू रहेका छन् । त्यस्तै निर्देशक सुनिल केसी Sunil KC, लेखा अधिकृत तुलसी आचार्य Tulsi Acharya, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी पनि प्रतिवादी सूचीमा छन् ।

यसैगरी उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल र पुष्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं तथा नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनिन्द्रराज मल्ललगायत कर्मचारीहरू पनि प्रतिवादी बनाइएका छन् ।

अख्तियारले यस मुद्दामा दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाएको छ । कुल १८ जनामध्ये १६ जना व्यक्ति र २ कम्पनी रहेका छन् ।

यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सोधपुछका लागि बोलाइएको भए पनि उनलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि बयान लिइएको अख्तियारले जनाएको छ ।

मुद्दा दर्ता प्रक्रियामा रहेकाले अब विशेष अदालतमा प्रारम्भिक सुनुवाइपछि औपचारिक कारबाही अघि बढ्नेछ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्