पर्सा प्रहरीले छिपहरमाई गाउँपालिका–२ मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
बुधबार राति ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नहरको झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३७० किलो लागूऔषध गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उक्त गाँजा कसले र कुन उद्देश्यले नहरको झाडीमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्