Tuesday, May 19, 2026
मङ्गलबार, जेठ ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.60 SELL AUD/NPR 110.73 SELL BHD/NPR 405.04 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

नेपाल प्रहरी श्रीमती संघद्वारा बारामा २३० विपन्नलाई ब्लाङ्केट वितरण

बारा — नेपाल प्रहरी श्रीमती संघले चिसोबाट प्रभावित अति विपन्न नागरिकलाई लक्षित गर्दै बिहीबार बाराको गञ्जभवानीपुरमा ब्लाङ्केट वितरण गरेको छ। संघले एक कार्यक्रमकाबीच २३० जना अति विपन्नलाई न्यानो ब्लाङ्केट वितरण गरेको हो।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलगायतले ब्लाङ्केट वितरण गरेका थिए। महागढीमाई नगरपालिका–३, ४, ५, १० तथा करैयामाई गाउँपालिका–३ का एकल महिला, अपाङ्गता भएका व्यक्ति, असहाय तथा अति विपन्न नागरिकलाई ब्लाङ्केट प्रदान गरिएको हो।

 

कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलिया, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव, बारा प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठक तथा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीलगायतको उपस्थिति रहेको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्