जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–९ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ३८ वर्षीय टेकबहादुर तामाङ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार तामाङ संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–विक्रीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
तर, भदौ २४ गते कारागारबाट फरार भएका उनी पछि पुनः पक्राउ परेका हुन् ।
पक्राउपछि तामाङलाई पुनः केन्द्रीय कारागारमै बुझाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्