Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

कलैयामा तेस्रोलिङ्गी समूहको प्रदर्शन, तीन जना पक्राउ

बाराको सदरमुकाम कलैयामा तेस्रोलिङ्गी तथा किन्नर समूहबीच उत्पन्न विवादपछि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार रौतहटको दवाही गोनाही गाउँपालिका–५ की २६ वर्षीया दिव्या रानी, जीतपुरसिमरा उपमहानगरपालिका–८ की २५ वर्षीया निशा भारती र ५७ वर्षीया निशा देवीलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महमद सरिफ मियाँ भाँडको जाहेरीका आधारमा दर्ता भएको अभद्र व्यवहार मुद्दामा खुश्बु भन्ने अफजल मियाँ दर्जीलाई न्यायिक हिरासतमा राखिएको थियो । उनलाई रिहा गर्न माग गर्दै सोमबार बिहान तेस्रोलिङ्गी समूहले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा केही व्यक्तिले अर्धनग्न भएर नाराबाजी गर्नुका साथै सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ । यसका कारण केहीबेर सवारी आवागमन र सर्वसाधारणको आवतजावत प्रभावित बनेको थियो ।

प्रहरीले सम्झाउने प्रयास गर्दा प्रदर्शनकारीहरूले गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास गरेको आरोप पनि प्रहरीले लगाएको छ । त्यसपछि प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको नेतृत्वमा खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्