Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनमै लालपुर्जा वितरण

कागेश्वरी मनोहरा नगरपालिकाले आजदेखि स्थानीय तहबाटै नापी तथा मालपोत सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सेवा सुरु भएको पहिलो दिन नगरपालिकाले लालपुर्जा वितरण गर्दै नागरिकलाई सेवा हस्तान्तरणको शुभारम्भ गरेको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाबाट यो सेवा सुरु गरिएको हो। मन्त्रालयले इच्छुक स्थानीय तहमा चरणबद्ध रूपमा सेवा विस्तार गर्ने नीति अनुसार नगरपालिकामा सेवा सञ्चालनमा आएको जनाएको छ।

यसअघि मन्त्रालयको आह्वानपछि देशभरका २०७ स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छा व्यक्त गरेका थिए। सोही योजनाअनुसार आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र तालिमको व्यवस्था गर्दै सेवा क्रमशः विस्तार गरिने तयारी गरिएको छ।

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी कामका लागि टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी बन्ने विश्वास गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्