Sunday, June 21, 2026
आइतबार, असार ७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.52 SELL AUD/NPR 107.35 SELL BHD/NPR 404.38 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा उद्योग वाणिज्य संघमा दुई पदाधिकारी र पाँच सदस्य निर्विरोध निर्वाचित

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ को उद्योग उपाध्यक्ष, सचिव तथा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न मनोनयन प्रक्रियामा तोकिएको संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि निर्वाचन समितिले दुई पदाधिकारी र पाँच सदस्यलाई निर्विरोध निर्वाचित गरेको हो ।

निर्विरोध निर्वाचित हुनेमा उद्योग उपाध्यक्षमा विजयकुमार साह र सचिवमा मुकेशप्रसाद साह रहेका छन् । त्यस्तै सदस्यतर्फ उद्योग क्षेत्रबाट ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एसोसिएटतर्फ हिमांशु गोल्छा तथा वस्तुगततर्फ सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच निर्वाचन समितिले बिहीबार अन्तिम नामावली प्रकाशन गरेसँगै असार ७ गते निर्वाचन हुने निश्चित भएको छ ।

अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा मनोजकुमार गुप्ता र गजेन्द्रकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने भएको छ । मनोज यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने गजेन्द्र वाणिज्य उपाध्यक्ष हुन् ।

उपाध्यक्ष (वाणिज्य) पदमा प्रमोद साह तेली र रामबाबु कलवारबीच प्रतिस्पर्धा हुनेछ । कलवार निवर्तमान कार्यसमितिमा कोषाध्यक्ष थिए ।

महासचिव पदमा प्रकाश गिरी र सुशील शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । गिरी अघिल्लो कार्यसमितिमा पनि महासचिव रहेका थिए ।

त्यस्तै कोषाध्यक्ष पदमा रिना रौनियार पुरी र बिन्देश्वरी प्रसाद साह कलवार चुनावी मैदानमा छन् । पुरी अघिल्लो कार्यसमितिमा उद्योग सदस्य थिइन् भने कलवार वाणिज्य सदस्य थिए ।

सचिव (वाणिज्य) तर्फको एक पदका लागि शान्ताकुमारी बजगाईं (रिना), रिता कंडेल र प्रदीप कुमारबीच प्रतिस्पर्धा हुने भएको छ ।

वाणिज्यतर्फका सात सदस्य पदका लागि नौ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरूमा अमरेन्द्रकुमार साह कलवार, नवरतन प्रसाद कलवार, बलराम पौडेल, विभा गुप्ता, विजयकुमार गुप्ता, मनोहर बाबु गुप्ता, मुकुन्दराज रिजाल, रुपनारायण प्रसाद गुप्ता र श्रीराम साह कानु रहेका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्