Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा उद्योग वाणिज्य संघको चुनावी दौड: २१ पदमा ३० उम्मेदवार, केही पदमा निर्विरोध चयन तय

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि असार ७ गते हुने निर्वाचनमा २१ पदका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार बुधबार विभिन्न पदमा उम्मेदवारी दर्ता भएको हो भने केही पदमा निर्विरोध चयनको अवस्था समेत बनेको छ ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ को अध्यक्ष पदका लागि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा शिवजीप्रसाद साह सोनार र सन्तोष कुशवाहाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष (उद्योग) तर्फ भने विजयकुमार साहको एकल उम्मेदवारी परेको छ ।

उपाध्यक्ष (वाणिज्य) पदका लागि प्रमोद साह तेली र रामबाबु कलवारले उम्मेदवारी दिएका छन् । कलवार निवर्तमान कार्यसमितिमा कोषाध्यक्ष थिए ।

महासचिव पदमा प्रकाश गिरी र सुशिल शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । गिरी अघिल्लो कार्यसमितिमा पनि महासचिव रहेका थिए ।

कोषाध्यक्ष पदका लागि विन्देश्वरी प्रसाद साह कलवार र रिना रौनियार पुरीले उम्मेदवारी दिएका छन् । कलवार अघिल्लो कार्यसमितिमा वाणिज्य सदस्य र पुरी उद्योग सदस्य थिइन् ।

सचिव (उद्योग) तर्फ मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ भने सचिव (वाणिज्य) पदका लागि प्रदीप कुमार, रिता कंडेल र शान्ताकुमारी बजगाईं (रिना) बीच प्रतिस्पर्धा हुने भएको छ ।

वाणिज्यतर्फका सात सदस्य पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराईका अनुसार उम्मेदवारहरूमा अमरेन्द्रकुमार साह कलवार, नवरतन प्रसाद कलवार, बलराम पौडेल, विभा गुप्ता, विजयकुमार गुप्ता, मनोहर बाबु गुप्ता, मुकुन्दराज रिजाल, रुपनारायण प्रसाद गुप्ता, शम्भुप्रसाद साह कलवार र श्रीराम साह कानु रहेका छन् ।

सदस्य (वस्तुगत) तर्फ सूर्यप्रसाद त्रिपाठीको एकल उम्मेदवारी परेको छ । यस्तै सदस्य (उद्योग) तर्फका तीन पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्, जसमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह रहेका छन् ।

सदस्य (एसोसियट) तर्फ हिमांशु गोल्छाको उम्मेदवारी परेको छ भने सदस्य (आजीवन) तर्फ भने कुनै पनि उम्मेदवारी परेको छैन ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक नामावलीमाथि साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिनेछ । त्यसपछि असार ४ गते बिहान १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

उम्मेदवारी फिर्तापछि असार ४ गते दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजे चुनाव चिन्ह प्रदान गरिनेछ ।

चुनाव चिन्ह प्राप्त गरेपछि उम्मेदवारले असार ६ गते दिउँसो १ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

निर्वाचन समितिका अनुसार असार ७ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदानमा कुल ९५८ मतदाता सहभागी हुनेछन् ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्