Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमराका सबै विद्यालय भोलि बन्द, मदरसा प्रधानाध्यापकको निधनमा शोक बिदा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू भोलि असार १७ गते (बुधबार) बन्द रहने भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सत्तार अन्सारीको असार १५ गते भएको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपमहानगरपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असार १६ गते जारी गरेको सूचनाअनुसार दिवंगत अन्सारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा स्वर्गीय अन्सारीले शैक्षिक उत्थान तथा मदरसाको विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप उपमहानगरपालिका अन्तर्गतका सबै शिक्षण संस्थामा असार १७ गते शोक बिदा दिइएको उल्लेख गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्