बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नदीमा डुबेर तीन वर्षीया एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–३ निवासी अली हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका–७ पहाडी टोलस्थित आफन्त जबैदा खातुनको घरमा गएकी थिइन्। सोही क्रममा घर नजिकै रहेको सरिसवा नदी किनारमा खेल्ने क्रममा उनी अचानक नदीमा डुबेकी थिइन्।
घटनापछि आमा सलियान खातुनले तत्काल बालिकाको उद्धार गरी जीतपुरसिमरा नगर अस्पताल पुर्याएकी थिइन्। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्