Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

इमाडोलमा महिलामाथि अश्लील व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलमा सार्वजनिक स्थलमा एक महिलामाथि अश्लील व्यवहार गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

प्रहरीका अनुसार भट्ट बैतडीको पाटन नगरपालिका–७ का स्थायी बासिन्दा हुन् भने हाल ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका छन्।

पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त घटना व्यापक रूपमा चर्चामा आएको थियो। भिडियो भाइरल भएसँगै प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान अघि बढाएर भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जानकारी दिएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर सार्वजनिक स्थलमा भएको अश्लील व्यवहार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलाको सार्वजनिक सुरक्षाको विषय फेरि बहसमा आएको थियो। साथै, आरोपीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न व्यापक मागसमेत उठेको थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्