Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

प्रतिनिधिसभाको बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ। शुक्रबारका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

यसअघि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो। तर सचिवालयले शुक्रबार सूचना जारी गर्दै उक्त बैठक पनि स्थगित गरिएको जानकारी दिएको हो। अब प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने तय गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठक स्थगित हुनुको कारण ‘विशेष कारण’ मात्र उल्लेख गरिएको छ। विस्तृत कारण भने खुलाइएको छैन।

यससँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको हो। पछिल्ला दिनहरूमा संसद्को अवरोध कायमै रहेकाले नियमित कार्यसूची अघि बढ्न सकेको छैन।

संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहे पनि हालसम्म सहमति जुट्न सकेको छैन।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्