Thursday, September 03, 2026
बिहीबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

उद्योगमन्त्री गौरिकुमारी यादवको सरकारी गाडीबाट कालो सिसा हटाइयो

उद्योगमन्त्री गौरिकुमारी यादवले प्रयोग गर्दै आएको सरकारी गाडीबाट जडान गरिएको कालो सिसा हटाइएको छ।

सबै विशिष्ट व्यक्तिहरू (VIP) ले प्रयोग गर्ने सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउन दिइएको निर्देशनअनुसार मन्त्रालयले मन्त्री यादवको सरकारी गाडीबाट कालो सिसा हटाएको हो।

उक्त निर्देशन प्राप्त भएपछि उद्योग मन्त्रालयका कर्मचारीहरूले तत्काल गाडीमा रहेको कालो सिसा हटाउने प्रक्रिया पूरा गरेका थिए।

सरकारले सुरक्षा व्यवस्था तथा कानुनको समान कार्यान्वयन सुनिश्चित गर्न VIP सवारीसाधनमा समेत लागू हुने नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ। यसअघि सर्वसाधारणका सवारीसाधनमा कालो सिसा प्रयोग गर्न प्रतिबन्ध रहे पनि VIP सवारीसाधनमा यसको प्रयोग हुँदै आएको भन्दै आलोचना हुने गरेको थियो।

सरकारले सुरु गरेको यस अभियानअन्तर्गत अन्य विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सरकारी सवारीसाधनमा जडान गरिएका कालो सिसासमेत क्रमशः हटाइने अपेक्षा गरिएको छ।

सरकारको यो कदमले कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश दिने विश्वास गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्