Sunday, June 21, 2026
आइतबार, असार ७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.52 SELL AUD/NPR 107.35 SELL BHD/NPR 404.38 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कांग्रेस रास्वपाको दुश्मन होइन, प्रतिस्पर्धी हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रतिस्पर्धी भएको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा विचार, क्षमता र कामका आधारमा हुनुपर्नेमा जोड दिए।

“नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं,” थापाले भने, “तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं। बन्छौं पनि एक दिन।”

तर, उनले कांग्रेसले रास्वपालाई कमजोर बनाएर होइन, आफ्नै सुधारमार्फत अग्लो बन्ने लक्ष्य राखेको स्पष्ट पारे।

“तर तपाईंहरूलाई सानो बनाएर होइन। तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,” उनले भने, “हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं।”

थापाको यो भनाइलाई राजनीतिक वृत्तमा सत्तारूढ र वैकल्पिक शक्तिबीचको सम्बन्ध र प्रतिस्पर्धाबारे महत्वपूर्ण सन्देशका रूपमा लिइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्