Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन पुगे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन भरतपुर पुगेका हुन्।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा केहीबेरमा सुरु हुन लागेको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू भेला भएका छन्। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक दिशा र नीति तय गर्नेछ।

सभापति थापाले यसअघि नै रास्वपाको महाधिवेशनलाई शुभकामना दिँदै यसलाई विचार, संगठन र नीतिका दृष्टिले पार्टीलाई थप परिपक्व बनाउने अवसरको रूपमा उल्लेख गरेका थिए।

रास्वपाले महाधिवेशन उद्घाटन समारोहका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निमन्त्रणा गरेको छ। महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका प्रदीप कुमार ज्ञवाली, माओवादी केन्द्रका वर्षमान पुन, राप्रपाका राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि चितवन पुगेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्