अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सोमबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी तथा आगामी लगानीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासका लागि एडीबीले गर्दै आएको सहयोग तथा लगानी परिचालनप्रति अध्यक्ष कान्डाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गर्नुभयो।
जवाफमा एडीबी अध्यक्ष कान्डाले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा सहकार्यलाई आफ्नो संस्थाको उच्च प्राथमिकतामा राखिएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने तथा विभिन्न विकास परियोजनामा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्