Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक हुनु शैक्षिक सुधारको ठूलो उपलब्धि : मन्त्री पोखरेल

 शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै प्रकाशन गर्न सफल भएको जानकारी दिए। विगतमा परीक्षाफल सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको स्मरण गर्दै उनले यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त र प्रभावकारी बनाइएकाले छोटो अवधिमै नतिजा प्रकाशन सम्भव भएको बताए।

उनका अनुसार नतिजा समयमै सार्वजनिक हुँदा विश्वविद्यालय भर्ना, कक्षा सञ्चालन तथा परीक्षा तालिकामा सकारात्मक प्रभाव पर्नेछ। विगतमा नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक गतिविधि नै पछाडि धकेलिने अवस्था रहेको उल्लेख गर्दै उनले अब उच्च शिक्षाको शैक्षिक क्यालेन्डर व्यवस्थित बन्ने विश्वास व्यक्त गरे।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरूले पनि यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका समयमै अघि बढाउने तयारी गरिसकेको जानकारी दिए।

‘यो केवल केही दिनको कटौती मात्र होइन, सुशासनको एउटा बलियो उदाहरण हो। अनावश्यक प्रशासनिक झन्झट हटाउँदा ४० दिनमै नतिजा प्रकाशन गर्न सकिन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ,’ मन्त्री पोखरेलले भने, ‘यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र नयाँ शैक्षिक सत्र पनि समयमै सुरु हुने सुनिश्चितता भएको छ।’

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनले नतिजालाई जीवनको एउटा चरणका रूपमा मात्र लिन आग्रह गरे। अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश वा विचलित नहुन आग्रह गर्दै पूरक परीक्षाको तयारीमा जुट्न सुझाव दिए।

उनले नेपालका विश्वविद्यालयहरूमा अध्ययनका लागि पर्याप्त अवसर र तयारी रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्