Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

काठमाडौंमा महिलामात्र यात्रा गर्न मिल्ने ‘ब्लू बस’ सञ्चालन हुँदै, साउन १ देखि पहिलो चरणमा ८ बस

महिलाले सुरक्षित र सहज रूपमा सार्वजनिक यातायात प्रयोग गर्न सकून् भन्ने उद्देश्यले काठमाडौं उपत्यकामा महिलाका लागि मात्र छुट्याइएको ‘ब्लू बस’ सेवा सञ्चालनमा आउने भएको छ। सरकारले आगामी साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ब्लू बस सञ्चालन गर्ने तयारी गरेको हो।

यो सेवा सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सातै प्रदेशमा महिलामैत्री सार्वजनिक यातायात विस्तार गर्ने योजनाअनुसार सुरु गर्न लागेको हो। सरकारको लक्ष्य पहिलो १०० दिनभित्र देशभर २५ वटा ब्लू बस सञ्चालनमा ल्याउने रहेको छ।

यसका लागि साझा यातायात ले अर्थ मन्त्रालयसँग आवश्यक स्वीकृति मागिसकेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सुरु हुने जनाइएको छ।

यी रुटमा चल्नेछन् ब्लू बस

पहिलो चरणमा काठमाडौं उपत्यकाका प्रमुख तीन रुटमा ब्लू बस सञ्चालन गरिनेछ।

  • लगनखेल–बुढानीलकण्ठ रुटमा २ वटा बस
  • थानकोट–नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा २ वटा बस
  • समग्र चक्रपथ (रिङरोड) क्षेत्रमा ४ वटा बस

रिङरोडमा सञ्चालन हुने चार बसमध्ये दुई वटा क्लकवाइज (सुल्टो)दुई वटा एन्टिक्लकवाइज (उल्टो) दिशामा सञ्चालन गरिनेछ।

सरकारका अनुसार महिलाले सार्वजनिक यातायातमा भोग्ने असुरक्षा, दुर्व्यवहार तथा असहज अवस्थालाई न्यूनीकरण गर्दै सुरक्षित यात्राको वातावरण बनाउन यो सेवा सुरु गर्न लागिएको हो। सेवा प्रभावकारी भएमा आगामी चरणमा थप बस र रुट विस्तार गरिने तयारी छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्