Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको दाबी, श्रीमती दोमायाद्वारा सर्वोच्चमा रिट

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन् ।

दोमायाले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्दै पौडेललाई तत्काल थुनामुक्त गर्न आदेश जारी गर्न माग गरेकी हुन्।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।

निवेदकले पौडेलको पक्राउ र थुनालाई कानुनविपरीत भएको जिकिर गर्दै उनको व्यक्तिगत स्वतन्त्रता हनन भएको उल्लेख गरेकी छन्। उक्त रिटमाथि सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।

यसअघि विशेष अदालतले मंगलबार पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको थियो।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही राति स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो भने मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ। उनीविरुद्धको अनुसन्धान प्रक्रियाकै क्रममा विशेष अदालतबाट म्याद थप गरी विभागले थप अनुसन्धान अघि बढाइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्