Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीशद्वय नारायण प्रसाद पौडेलविदुर कोइरालाको इजलासले बुधबार अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो।

यसअघि पनि अदालतले पौडेललाई अनुसन्धानका लागि तीन पटकसम्म म्याद थपको अनुमति दिइसकेको थियो। पछिल्लो आदेशसँगै उनीमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थप पाँच दिन जारी रहने भएको छ।

अनुसन्धान जारी रहेकाले आरोप सम्बन्धी अन्तिम निष्कर्ष भने आउन बाँकी रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्