Wednesday, September 02, 2026
बुधबार, भाद्र १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

बीरगञ्जमा फेरि चल्यो डोजर, गण्डकदेखि सडक विस्तार अभियान पुनः सुरु

वीरगञ्जको मुख्य सडक विस्तार अभियान अन्तर्गत शुक्रबारदेखि फेरि डोजर परिचालन गरिएको छ। गण्डक चोकबाट सुरु भएको अभियानमा सडकको मापदण्डभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्य अघि बढाइएको हो।

सडक डिभिजन कार्यालय हेटौंडाको नेतृत्वमा भइरहेको अभियानले त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुल–भन्सार क्षेत्रसम्मको सडकलाई राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र परेका संरचना हटाइँदै छन्।

यसअघि सम्बन्धित निकायले पटक–पटक सूचना जारी गर्दै संरचना आफैं हटाउन आग्रह गरेको थियो। तर धेरै संरचना यथावत् रहेपछि डोजर परिचालन गरी हटाउने कार्यलाई निरन्तरता दिइएको जनाइएको छ। अभियानका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन परिचालन गरिएको छ।

सडक विस्तारले वीरगञ्जको ट्राफिक व्यवस्थापन सुधार, आवागमन सहज र सीमा सहरको पूर्वाधार विकासमा टेवा पुग्ने सरकारी दाबी छ। तर प्रभावित व्यवसायी तथा स्थानीयले पर्याप्त समय, स्पष्ट मापदण्ड र उचित व्यवस्थापनबिना संरचना हटाइएको भन्दै असन्तुष्टि जनाइरहेका छन्।

यसैबीच, सडक विस्तारको विषयलाई लिएर वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले विभिन्न राजनीतिक नेतृत्वसँग समेत छलफल अघि बढाएका छन्। स्थानीय तह, व्यवसायी र सरकारबीच सहमतिमार्फत समाधान खोजिनुपर्ने आवाज पनि उठिरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्