Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट लालपुर्जा वितरण सुरु गरेको छ।

असारको तेस्रो साताबाट सुरु गरिएको अभियानअन्तर्गत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिएको हो।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। लालपुर्जा वितरणसँगै उनीहरूले आफ्नो जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यअनुसार लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।

मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउँदै उनीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले देशभर चरणबद्ध रूपमा लालपुर्जा वितरण गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्। उनले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियानलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने प्रतिबद्धता व्यक्त गरिन्।

सरकारले लालपुर्जा वितरण अभियानलाई तीव्रता दिँदै भूमि सम्बन्धी दीर्घकालीन समस्या समाधान गर्ने तयारी गरेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्