Wednesday, September 02, 2026
बुधबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.42 SELL BHD/NPR 405.73 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

खेत जोत्ने क्रममा ट्याक्टर पोखरीमा पल्टिँदा बारामा चालकको मृत्यु

बाराको प्रसौनी गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भएर पोखरीमा पल्टिँदा चालकको मृत्यु भएको छ।

सोमबार साँझ प्रसौनी गाउँपालिका–७ बन्जरीस्थित खेतमा जोतिरहेको ना ७ त ४३८३ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई नजिकैको पोखरीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका २८ वर्षीय तेजनारायण साह गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बारा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार ट्याक्टर दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्