Thursday, September 03, 2026
बिहीबार, भाद्र १८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.65 SELL AUD/NPR 109.85 SELL BHD/NPR 405.75 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

बारामा कारागारको सरकारी जग्गा खाली गराइँदै, अवैध संरचना हटाउन प्रशासनको कडाइ

बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ स्थित कारागार शाखाको नाममा रहेको सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रशासनले कडाइ थालेपछि केही स्थानीयले आफैं घरटहरा भत्काउन थालेका छन्।

कारागार शाखा कार्यालय कलैयाको नाममा दर्ता रहेका कित्ता नम्बर १०३, १०२ र ४४४ अन्तर्गतका सरकारी जग्गामा अनधिकृत रूपमा घरटहरा तथा अन्य संरचना बनाइएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले खाली गराउन प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रशासन कार्यालय बाराले गत चैत २६ गते सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको थियो। निर्धारित समयसीमा सकिएपछि प्रशासनले हटाउने अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रशासनका अनुसार कुनै पनि सरकारी निकायसँग औपचारिक सम्झौता नगरी सरकारी जग्गामा बसोबास र निर्माण कार्य गरिएको पाइएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ उपदफा ६(क) अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सूचना जारी भएको म्याद समाप्त भएपछि केही व्यक्तिले स्वयं संरचना हटाउन थालेको जानकारी दिए। उनले सोमबार पुनः स्थलगत अनुगमन गरिने बताउँदै तोकिएको समयभित्र संरचना नहटाइए कानुनअनुसार थप कारबाही गरिने चेतावनी दिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्