Friday, September 04, 2026
शुक्रबार, भाद्र १९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.71 SELL AUD/NPR 109.91 SELL BHD/NPR 406.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सीमाको विषयमा ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं : प्रधानमन्त्री Balen Shah

प्रधानमन्त्री Balen Shah ले नेपाल–भारत सीमा विवादमा ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने धारणा गलत भएको स्पष्ट पारेका छन्।

आइतबार चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा दिएको आफ्नो अभिव्यक्तिबारे थप स्पष्टीकरण दिएका हुन्।

संसद्‌मा भारतसँगको सीमा विवादका क्रममा ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका विषयलाई लिएर प्रश्न उठेपछि प्रधानमन्त्री शाहले त्यसको आशय मध्यस्थता खोज्नु नभएको बताए।

उनले भने, “हामीसँग कालापानी–लिपुलेकबारे प्रमाण छ। पहिले ब्रिटिसले शासन गरेको समयका ऐतिहासिक प्रमाण आवश्यक परे हामी ल्याउन सक्छौं भनेका हौं। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं।”

प्रधानमन्त्री शाहले छिमेकी मुलुकहरूसँग प्रमाणका आधारमा कूटनीतिक संवाद गरेर सीमा समस्या समाधान गर्ने सरकारको नीति रहेको पनि दोहोर्‍याए।

“हामी आफ्ना छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ,” उनले भने, “मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन।”

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्