Saturday, September 05, 2026
शनिबार, भाद्र २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.63 SELL AUD/NPR 110.05 SELL BHD/NPR 405.59 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

कडा चेतावनीसहित प्रधानमन्त्री बालेनको अभिव्यक्ति : “आवश्यक परे अख्तियारलाई ५ वर्षसम्म राखेर सल्लाह गरिन्छ”

प्रधानमन्त्री बालेन शाहले विगतमा भएका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे छानबिन आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लामो समयसम्म पनि संलग्न गराउन सकिने बताएका छन्।

आइतबार चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले विगतका “फट्याइँ” हरूको खोजी गर्दा आवश्यक परे अख्तियारलाई छोटो समय मात्र होइन लामो समयसम्म पनि राखेर सल्लाह गर्न सकिने स्पष्ट पारे।

“निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ,” उनले भने, “हामी नियमभन्दा बाहिर जाँदैनौं।”

उनले आफ्नो नेतृत्वको पार्टीलाई विकास केन्द्रित राजनीतिक शक्ति भएको दाबी गर्दै प्रतिशोध वा पुराना विवादमा अल्झिने पक्षमा नहुने पनि बताए।

“हाम्रो पार्टी विकासवादी पार्टी हो। काम गर्ने पार्टी हो। अगाडि बढ्ने पार्टी हो,” उनले भने, “हामी प्रतिशोध साँध्ने वा पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन।”

तर उनले सरकारी सम्पत्तिको दोहन वा अनियमितता भेटिएमा त्यसलाई नजरअन्दाज नगर्ने स्पष्ट संकेत पनि दिए। “विगतमा केही फट्याइँ भएका छन् भने, सरकारी सम्पत्तिको दोहन भएको छ भने निहुँ खोज्न जरुरी छ,” उनले थपे।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्